नियम २१
सवारी साधन वा घरपालुवा जीवजन्तु पक्री कारबाहीको लागि बुझाउने
यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिइएको बाटो बाहेक अन्य बाटोबाट सवारी साधन वा घरपालुवा जीवजन्तु हिडाएको भेटिएमा संरक्षक वा निजले खटाएको कर्मचारीले त्यस्तो सवारी साधन वा घरपालुवा जीवजन्तु पक्री सम्बन्धित अधिकारी समक्ष कारबाहीको लागि बुझाउनेछ ।